Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

मार्बल बोकेर राजविराज जाँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते

By Mithila Times १० महिना अगाडि १० महिना अगाडि 27 views
MITHILA TIMESmithila-times.com

कलैया, १ माघ — विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज बिहान १ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।दुर्घटनामा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।प्रहरीका अनुसार ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना सवार थिए भने पछाडि पाँच जना बसेका थिए। ट्रक पल्टिँदा पछाडि बसेका पाँचै जनालाई मार्बलले किच्दा उनीहरूको ज्यान गएको हो।क्याबिनमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नरसिंह होममा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment