Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

मार्बल बोकेर राजविराज जाँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

कलैया, १ माघ — विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा आज बिहान १ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।दुर्घटनामा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।प्रहरीका अनुसार ट्रकको अगाडिको क्याबिनमा चालकसहित चार जना सवार थिए भने पछाडि पाँच जना बसेका थिए। ट्रक पल्टिँदा पछाडि बसेका पाँचै जनालाई मार्बलले किच्दा उनीहरूको ज्यान गएको हो।क्याबिनमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नरसिंह होममा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment