Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

माइतीघरमा लघुवित्त तथा सहकारी पीडितको प्रदर्शन, बचत रकम फिर्ता र न्यायको माग

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । लघुवित्त तथा सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएको भन्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले बचतकर्ताको रकम तत्काल फिर्ता गराउन, दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितमैत्री नीति लागू गर्न सरकारसँग माग गरेका छन्।‎‎प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै लामो समयदेखि आफूहरू न्यायको खोजीमा आन्दोलनरत रहे पनि सरकारबाट प्रभावकारी सुनुवाइ नभएको गुनासो व्यक्त गरे। उनीहरूले हजारौं बचतकर्ताको जीवनभरको कमाइ सहकारी र लघुवित्तमा फसेको भन्दै राज्यले समस्या समाधानमा गम्भीरता देखाउनुपर्ने बताएका छन्।‎‎प्रदर्शनकारीहरूले सहकारी क्षेत्रको समस्या समाधानका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न, बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने व्यवस्था मिलाउन तथा आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।‎‎प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।‎

About The Author

Mithila Times

Leave a Comment