Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

एपीएफ स्कुल घोटाला प्रकरण: लेखा अधिकृत कल्पना गुरुङसहित दुई जनालाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 35 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल (एपीएफ) स्कुलमा भएको भनिएको वित्तीय अनियमितता तथा घोटाला प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेका दुई जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त गरेको छ।विशेष अदालतको संयुक्त इजलासले एपीएफ स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अख्तियारको मागबमोजिम म्याद थप गरेको जनाएको छ।दुवै जनालाई गत असार २० गते जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं जिल्ला अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो। पछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा अनुसन्धान आवश्यक देखिएपछि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी परिसरको सिफारिसमा उनीहरूलाई साउन ८ गते अख्तियारको जिम्मा लगाइएको थियो।यसअघि जिल्ला अदालतबाट प्राप्त म्यादलाई समेत गणना गर्दा यो उनीहरूविरुद्ध पाँचौँ पटक म्याद थप भएको हो। अख्तियारले एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितताको दायरा फराकिलो रहेको आशंकामा थप प्रमाण संकलन, कागजात परीक्षण तथा सम्बन्धित व्यक्तिसँग बयान लिने कार्यलाई निरन्तरता दिएको जनाएको छ।यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार तथा निर्णय प्रक्रियासम्बन्धी पक्षहरू पनि अनुसन्धानको दायरामा रहेको बुझिएको छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अख्तियार स्रोतले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment