प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार, दोषीलाई तत्काल पक्राउ गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल मधेश प्रदेशको मागवीरगन्जमा तस्करीको भण्डाफोर गर्ने पत्रकारहरूमाथि भएको कुटपिट तथा लुटपाट घटनाप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, मधेश प्रदेश कार्यसमिति ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिकको सूचनाको अधिकारमाथिको सुनियोजित हमला भन्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै पत्रकारमाथि हुने यस्ता आपराधिक गतिविधि रोक्न राज्य गम्भीर बन्नुपर्ने चेतावनी दिएको छ।