Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

‎नारायणी रंगशाला जाने सडकखण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 28 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका तथा गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडकखण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।‎शहरको सरसफाइ प्रवर्द्धन, वातावरण संरक्षण तथा नागरिकमा स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सामुदायिक प्रहरी, स्थानीयवासी, शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सडक आसपास छरिएका फोहोर संकलन गर्नुका साथै सार्वजनिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।‎आयोजक संस्थाहरूले वीरगञ्जलाई स्वच्छ, हरित र व्यवस्थित शहरका रूपमा विकास गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताएका छन्। सरसफाइ एकदिने कार्यक्रम मात्र नभई हरेक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा समेत जनसहभागितामूलक यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने जनाइएको छ।‎

#MithilaTime

About The Author

Mithila Times

Leave a Comment