Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

‎नारायणी रंगशाला जाने सडकखण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

By Mithila Times ४ महिना अगाडि ४ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका तथा गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडकखण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।‎शहरको सरसफाइ प्रवर्द्धन, वातावरण संरक्षण तथा नागरिकमा स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सामुदायिक प्रहरी, स्थानीयवासी, शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सडक आसपास छरिएका फोहोर संकलन गर्नुका साथै सार्वजनिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।‎आयोजक संस्थाहरूले वीरगञ्जलाई स्वच्छ, हरित र व्यवस्थित शहरका रूपमा विकास गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताएका छन्। सरसफाइ एकदिने कार्यक्रम मात्र नभई हरेक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा समेत जनसहभागितामूलक यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने जनाइएको छ।‎

#MithilaTime

About The Author

Mithila Times

Leave a Comment