Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

‎भारतीय नम्बर प्लेटका सवारीमाथि वीरगञ्जमा कडाइ, ११ चालक कारबाहीमा‎

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 31 views
MITHILA TIMESmithila-times.com

‎पर्सा, बैशाख ०२ ‎वीरगञ्ज क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त पहलमा बुधबार दिउँसो छपकैया प्रहरी बिट अगाडिको सडक खण्डमा कडाइका साथ चेकिङ गरिएको हो।‎दिउँसो ४:०० बजेदेखि ५:३० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा मोटरसाइकल, स्कुटर र कार गरी करिब ४० वटा सवारीसाधन जाँच गरिएको थियो। जाँचका क्रममा ११ जना चालक आवश्यक कागजातविहीन भेटिएका थिए। उनीहरूसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक लगायतका कागजात नहुँदा तथा भन्सार इन्ट्री समेत नगरेको पाइएपछि नियन्त्रणमा लिएर जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।‎यसैबीच, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको पनि भेटिएको थियो। त्यस्ता सवारी चालकलाई पहिलो चरणमा चेतावनीसहित सम्झाइ–बुझाइ गरी छाडिएको उनले बताए।‎प्रहरीका अनुसार पछिल्लो समय वीरगञ्जमा भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित प्रयोगबारे सर्वसाधारणबाट गुनासो बढ्दै गएको थियो। सोही आधारमा निगरानी बढाउँदै यस्तो अभियान सञ्चालन गरिएको हो।‎यस अभियानले सवारी व्यवस्थापन, राजस्व संकलन तथा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। साथै, ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि निरन्तर कडाइ गरिने जनाएको छ। सर्वसाधारणलाई आवश्यक कागजातसहित मात्र सवारी सञ्चालन गर्न पनि अनुरोध गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment