Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

‎भारतीय नम्बर प्लेटका सवारीमाथि वीरगञ्जमा कडाइ, ११ चालक कारबाहीमा‎

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

‎पर्सा, बैशाख ०२ ‎वीरगञ्ज क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त पहलमा बुधबार दिउँसो छपकैया प्रहरी बिट अगाडिको सडक खण्डमा कडाइका साथ चेकिङ गरिएको हो।‎दिउँसो ४:०० बजेदेखि ५:३० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा मोटरसाइकल, स्कुटर र कार गरी करिब ४० वटा सवारीसाधन जाँच गरिएको थियो। जाँचका क्रममा ११ जना चालक आवश्यक कागजातविहीन भेटिएका थिए। उनीहरूसँग सवारी दर्ता प्रमाणपत्र (आरसी बुक), ब्लु बुक लगायतका कागजात नहुँदा तथा भन्सार इन्ट्री समेत नगरेको पाइएपछि नियन्त्रणमा लिएर जरिवाना गरिएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले जानकारी दिए।‎यसैबीच, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदीका अनुसार भारतबाट ल्याइएका केही इलेक्ट्रिक स्कुटरहरू बिना नम्बर प्लेट सञ्चालन भइरहेको पनि भेटिएको थियो। त्यस्ता सवारी चालकलाई पहिलो चरणमा चेतावनीसहित सम्झाइ–बुझाइ गरी छाडिएको उनले बताए।‎प्रहरीका अनुसार पछिल्लो समय वीरगञ्जमा भारतीय नम्बर प्लेटका सवारीसाधनको अव्यवस्थित प्रयोगबारे सर्वसाधारणबाट गुनासो बढ्दै गएको थियो। सोही आधारमा निगरानी बढाउँदै यस्तो अभियान सञ्चालन गरिएको हो।‎यस अभियानले सवारी व्यवस्थापन, राजस्व संकलन तथा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। साथै, ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता कागजातविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका सवारीसाधनमाथि निरन्तर कडाइ गरिने जनाएको छ। सर्वसाधारणलाई आवश्यक कागजातसहित मात्र सवारी सञ्चालन गर्न पनि अनुरोध गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment