Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

सञ्चारकर्मी सर्राफमाथि आक्रमण प्रकरण: एक पक्राउ, पाँच जना अझै फरार

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

एस.टि.पि खबरका सञ्चारकर्मी मिथुन सर्राफमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना आरोपी फरार रहेका छन्।पीडित सर्राफका अनुसार पक्राउ पर्नेमा साहिल सर्राफ रहेका छन्। घटनापछि सर्राफले गत कार्तिक १ गते आफू माथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर, अनुसन्धान प्रक्रिया सुस्त भएको गुनासो गर्दै उनले उच्च अदालतको अस्थायी इजलास वीरगंजमा रिट दायर गरेका थिए।उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले गत माघ १२ गते आरोपितलाई पक्राउ गरी प्रभावकारी अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो।यसैबीच, घटनामा संलग्न अन्य पाँच जना आरोपी अझै फरार रहेको सर्राफले बताएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।पीडित सर्राफले घटनाको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्

About The Author

Mithila Times

Leave a Comment