Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सञ्चारकर्मी सर्राफमाथि आक्रमण प्रकरण: एक पक्राउ, पाँच जना अझै फरार

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 25 views
MITHILA TIMESmithila-times.com

एस.टि.पि खबरका सञ्चारकर्मी मिथुन सर्राफमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना आरोपी फरार रहेका छन्।पीडित सर्राफका अनुसार पक्राउ पर्नेमा साहिल सर्राफ रहेका छन्। घटनापछि सर्राफले गत कार्तिक १ गते आफू माथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर, अनुसन्धान प्रक्रिया सुस्त भएको गुनासो गर्दै उनले उच्च अदालतको अस्थायी इजलास वीरगंजमा रिट दायर गरेका थिए।उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले गत माघ १२ गते आरोपितलाई पक्राउ गरी प्रभावकारी अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो।यसैबीच, घटनामा संलग्न अन्य पाँच जना आरोपी अझै फरार रहेको सर्राफले बताएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।पीडित सर्राफले घटनाको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्

About The Author

Mithila Times

Leave a Comment