Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

पिंगलास्थानमा प्रहरीको गोली चलाएर कारबाही: दुई भारतीय लागूऔषध कारोबारी पक्राउ, ठूलो परिमाणमा खैरो हेरोइन बरामद

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रणका क्रममा गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो। सो क्रममा दुवै जनालाई नियन्त्रणमा लिई पक्राउ गरिएको हो।पक्राउ परेका व्यक्तिहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले पुष्टि गरेको छ। बरामद लागूऔषधको परिमाण ठूलो रहेको र यसले अन्तरदेशीय लागूऔषध सञ्जालसँग सम्बन्ध रहेको आशंका गरिएको छ।हाल पक्राउ परेकाहरूलाई आवश्यक उपचारपछि थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment