Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

SEE परीक्षामा WhatsApp ग्रुप बनाएर मर्यादा भंग गर्ने तीन जनालाई रौतहट प्रहरीद्वरा पक्राउ,

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 31 views

२०,चैत २०८२ शुक्रबार
रामबाबु सहनी रौतहट

रौतहट:- परीक्षाको मर्यादा विपरीत कार्यमा संलग्न रहेको तीन जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला रौतहटको गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडा बजार नजिकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका स्रोतको अनुसार, विभिन्न विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी ह्वाट्सएप ग्रुपमार्फत परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक गरेर त्यसका उत्तरहरू मोबाइल फोनमार्फत अनलाइन पठाउने कार्य भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

सोही क्रममा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले स्रोतले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ७ निवासी उमेश पटेलका १८ वर्षीय छोरा चन्दन पटेल, वृन्दावन नगरपालिका वडा नं. ७ निवासी जितनारायण प्रसाद पटेलका २० वर्षीय छोरा रोहित कुमार पटेल, तथा सर्लाही बलरा नगरपालिका वडा नं. ८ निवासी उमेश साहका १८ वर्षीय छोरा धिरज साह समेत रहेका छन्।

उनीहरूलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिनु भएको छ।

प्रहरीले परीक्षाको मर्यादा कायम राख्न यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराएको

About The Author

Mithila Times

Leave a Comment