Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

SEE परीक्षामा WhatsApp ग्रुप बनाएर मर्यादा भंग गर्ने तीन जनालाई रौतहट प्रहरीद्वरा पक्राउ,

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 16 views

२०,चैत २०८२ शुक्रबार
रामबाबु सहनी रौतहट

रौतहट:- परीक्षाको मर्यादा विपरीत कार्यमा संलग्न रहेको तीन जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला रौतहटको गरुडा नगरपालिका वडा नं. ४ स्थित गरुडा बजार नजिकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका स्रोतको अनुसार, विभिन्न विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी ह्वाट्सएप ग्रुपमार्फत परीक्षा केन्द्रबाट प्रश्नपत्र लिक गरेर त्यसका उत्तरहरू मोबाइल फोनमार्फत अनलाइन पठाउने कार्य भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

सोही क्रममा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले स्रोतले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ७ निवासी उमेश पटेलका १८ वर्षीय छोरा चन्दन पटेल, वृन्दावन नगरपालिका वडा नं. ७ निवासी जितनारायण प्रसाद पटेलका २० वर्षीय छोरा रोहित कुमार पटेल, तथा सर्लाही बलरा नगरपालिका वडा नं. ८ निवासी उमेश साहका १८ वर्षीय छोरा धिरज साह समेत रहेका छन्।

उनीहरूलाई ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिनु भएको छ।

प्रहरीले परीक्षाको मर्यादा कायम राख्न यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराएको

About The Author

Mithila Times

Leave a Comment