Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते

By Mithila Times १ हप्ता अगाडि १ हप्ता अगाडि 59 views

‎सुर्खेत। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा जनाइएको छ।‎‎प्राप्त जानकारीअनुसार, कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी सोमबार सुर्खेतको पञ्चपुरी नगरपालिका–३ स्थित लगाम डाँडामोडमा दुर्घटनामा परेको हो।‎‎लम्कीबाट अछामतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भई सडकमा पल्टिएको बताइएको छ। दुर्घटनामा गाडीमा सवार नौ जना घाइते भएका हुन्।‎‎दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ।‎‎दुर्घटना हुनुको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ। घटनाबारे सम्बन्धित निकायबाट थप जानकारी प्राप्त भएपछि विवरण अद्यावधिक गरिनेछ।

About The Author

Mithila Times

Leave a Comment