Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎वीरगञ्जमा भन्सारको लिलामीमा सस्तो सामान दिलाइदिने भन्दै ठगी, एक जना पक्राउ

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 32 views

‎भन्सारको ‘सेटिङ’ मिलाइदिने प्रलोभन देखाएर रकम असुल्ने गरेको आरोप‎‎वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।‎‎जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा बस्दै आएका २७ वर्षीय प्रविण साह रहेका छन्। उनले भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा अन्य सामान कम मूल्यमा मिलाइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रकम ठगी गरेको आरोप छ।‎‎प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा साहले भन्सार कार्यालयसँग आफ्नो ‘सेटिङ’ रहेको भन्दै पीडितलाई विश्वासमा लिने, सामान उपलब्ध गराइदिने बहानामा रकम जम्मा गर्न लगाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको खुलेको छ।‎‎जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले असोज २२ गते वीरगञ्ज महानगरपालिका–८, घण्टाघर क्षेत्रबाट साहलाई पक्राउ गरेको हो।‎‎पक्राउ परेका साहमाथि ठगीसम्बन्धी कसुरमा कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत प्रहरीले निगरानी बढाउनुका साथै आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।‎‎यसैबीच, प्रहरीले भन्सार कार्यालयबाट लिलाम हुने सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने भन्दै अपरिचित व्यक्तिले गर्ने प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आधिकारिक प्रक्रिया र प्रमाणबिना कुनै व्यक्तिलाई रकम नदिन तथा शंकास्पद गतिविधिबारे जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ।‎

About The Author

Mithila Times

Leave a Comment