काठमाडौं निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता प्राप्त गरेसँगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरु भएको छ। पार्टी सभापति गगन थापाको आह्वानमा बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बैठक आरम्भ भएको हो।बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण, आगामी रणनीति तथा कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। विशेष गरी हालै सम्पन्न विशेष महाधिवेशनपछिको अवस्थालाई समेट्दै पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।केन्द्रीय कार्यसमितिको यो पहिलो बैठकलाई पार्टीका आगामी निर्णय र दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण मानिएको छ। बैठकमा वरिष्ठ नेता, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ। बैठकका निर्णयहरूका आधारमा पार्टीले संगठन विस्तार, जनसम्पर्क अभियान तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी गर्ने बताइएको छ।तस्बिर: अनमोल ठाकुर/ मिथिला टाईम्स
