Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎पर्सा जिल्लाको मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध, निर्माण सामग्री हटाई सम्बन्धितलाई कारबाही गर्न माग‎

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 44 views

‎वीरगञ्ज‎‎पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुवनीमा पूर्वाधार विकास कार्यालयको बजेटबाट निर्माण भइरहेको नाला निर्माणका क्रममा सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ। सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा निर्माणमा प्रयोग भइरहेको मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन स्थानीयवासीले माग गरेका छन्।‎‎नाला निर्माणका क्रममा सडकमा निर्माण सामग्री थुपारिएको र मेसिनसमेत राखिएका कारण सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ। सडक अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा तथा अन्य सर्वसाधारण प्रभावित भएको उनीहरूको भनाइ छ।‎‎स्थानीय चन्द्रिका प्रसाद पटेलका अनुसार सडकमा थुपारिएका निर्माण सामग्री तथा मेसिन हटाएर आवागमन सहज बनाउन र निर्माण कार्यमा लापरबाही भएको भए सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरिएको छ।‎‎यस विषयमा स्थानीय चन्द्रिका प्रसाद पटेललगायत स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदनसमेत दिएका छन्। निवेदनमार्फत सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन र सम्बन्धित पक्षको कामकारबाहीबारे आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको पटेलले जानकारी दिए।‎‎स्थानीयवासीले विकास निर्माणका काम जनताको सुविधाका लागि गरिने भए पनि निर्माणका क्रममा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नहुने बताएका छन्। नाला निर्माण गर्दा सडकमा अवरोध नहुने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने र कामलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने उनीहरूको माग छ।‎‎स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय पर्सासँग निवेदनमाथि आवश्यक पहल गरी सडकमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन्। साथै, निर्माण कार्यलाई व्यवस्थित, सुरक्षित र सर्वसाधारणमैत्री बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।‎

About The Author

Mithila Times

Leave a Comment