Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

७१औँ नेपाल प्रहरी दिवसमा वीरगञ्जमा बृहत् वृक्षारोपण, १५० बिरुवा रोपिए

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 52 views

‎प्रकृति संरक्षण र वातावरणीय जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरी अधिकारी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न**‎‎वीरगञ्ज । ७१औँ नेपाल प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रादेशिक कार्यालयको आयोजनामा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपण गरिएको छ।‎‎प्रकृति संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने तथा सर्वसाधारणमा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रहरी अधिकारी, सामुदायिक प्रहरीका प्रतिनिधि तथा अन्य प्रहरी कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।‎‎कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, प्रहरी निरीक्षक जटाशंकर यादव, प्रहरी लेखक रञ्जन मिश्रलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।‎‎वृक्षारोपणमार्फत हरियाली प्रवर्द्धन, वातावरणीय स्वच्छता कायम राख्ने तथा प्राकृतिक स्रोतको संरक्षणमा समुदायलाई प्रेरित गर्ने सन्देश प्रवाह गरिएको छ। यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारीबोध बढाउनुका साथै प्रहरी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।‎‎नेपाल प्रहरी दिवसको अवसरमा आयोजित यस कार्यक्रमले प्रकृति संरक्षण र वातावरणमैत्री समाज निर्माणका लागि सामूहिक प्रयासको महत्त्वलाई उजागर गरेको छ। रोपिएका बिरुवाको संरक्षण र उचित हेरचाह गर्न सकेमा भविष्यमा यसले वातावरणीय सन्तुलन कायम राख्न तथा हरियाली विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment