Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगञ्जको मितेरी पुलबाट ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जना पक्राउ

By Mithila Times २ हप्ता अगाडि २ हप्ता अगाडि 75 views

वीरगञ्ज सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साअन्तर्गतको टोलीले वीरगञ्जस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ।सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जको डग स्क्वाड टोली र बोर्डर इन्टर्याक्सन टिम (बीआईटी) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई शंकाका आधारमा जाँच गरेको थियो।जाँचका क्रममा बाराको विश्रामपुर गाउँपालिका–५, नरकटुवा निवासी १८ वर्षीय शेख सहजातले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ।यसैगरी, सोही दिन मितेरी पुलस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको बीआईटी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका अर्का व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ।बाराको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँले बोकेको झोलामा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। गाँजासहित नियन्त्रणमा लिइएका उनलाई पनि आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको छ।सीमा क्षेत्रमा लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र जाँचलाई निरन्तरता दिँदै आएको छ।

About The Author

Mithila Times

Leave a Comment