ठोरीमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



ठोरीमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नठोरी, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा पर्साको ठोरी गाउँपालिकामा नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।२०८३ असोज २३ गते बिहान करिब ९ः४० बजे ठोरी गाउँपालिका–२ स्थित स्केटिङ भवनमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापा तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको उपस्थिति रहेको थियो।त्यसैगरी, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थी, स्थानीय बुद्धिजीवी, भद्रभलादमी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब १५० जनाको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रममार्फत प्रहरी र स्थानीय नागरिकबीच संवाद तथा छलफल गर्ने अवसर प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध तथा आपसी संवादलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

