मधेश प्रदेशका ४० प्रहरी कर्मचारीलाई CDR Analysis सम्बन्धी एकदिने तालिम प्रदान


वीरगञ्ज । मधेश प्रदेशअन्तर्गतका विभिन्न प्रहरी इकाईमा कार्यरत ४० जना प्रहरी कर्मचारीलाई कल डिटेल रेकर्ड (CDR) विश्लेषणसम्बन्धी एकदिने अनुशिक्षण तालिम प्रदान गरिएको छ।मिति २०८३ साल असोज २३ गते शुक्रबार सम्बन्धित प्रहरी कार्यालयमा सञ्चालन गरिएको उक्त तालिममा मधेश प्रदेशअन्तर्गत मुद्दा चल्ने प्रत्येक प्रहरी इकाईबाट एक/एक जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। तालिममा कुल ४० जना प्रहरी कर्मचारीलाई सहभागी गराइएको थियो।
CDR Analysis सम्बन्धी तालिमको उद्देश्य प्रहरी कर्मचारीहरूलाई अनुसन्धानका क्रममा प्राप्त हुने कल डिटेल रेकर्डको विश्लेषण तथा त्यसको अनुसन्धानमा उपयोगसम्बन्धी ज्ञान र सीप प्रदान गर्नु रहेको छ। यस्तो तालिमले अपराध अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोग, तथ्य तथा प्रमाणको विश्लेषण र अनुसन्धान प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।प्रहरी कर्मचारीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त एकदिने तालिममा मधेश प्रदेशअन्तर्गतका सम्बन्धित प्रहरी इकाईका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

