Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सिरिसिया–२५ का मुआब्जा पीडितको आन्दोलनमा पूर्वमेयर सरावगी सहभागी, १२ वर्षदेखि रोक्का जग्गाको समस्या समाधान गर्न माग

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 52 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वनगरप्रमुख विजयकुमार सरावगी सिरिसिया–२५ का स्थानीयवासीले मुआब्जाको माग गर्दै सञ्चालन गरेको आन्दोलनमा सहभागी भएका छन्।सिरिसिया–२५ का स्थानीयवासीले आफ्नो गाउँका घर–जग्गा विगत १२ वर्षदेखि रोक्का राखिएको भन्दै मुआब्जा निर्धारण तथा वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। स्थानीयका अनुसार लामो समयदेखि जग्गा रोक्का रहे पनि सम्बन्धित निकायबाट समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसक्दा पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको हो।आन्दोलनमा सहभागी पूर्वमेयर सरावगीले स्थानीयवासीको समस्या सम्बोधन गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। उनले लामो समयदेखि घर–जग्गा रोक्का राखिएका नागरिकले वैज्ञानिक, न्यायोचित र समान आधारमा मुआब्जा पाउनुपर्नेमा जोड दिएका छन्।स्थानीयवासीले आफूहरूले पाउनुपर्ने मुआब्जा निर्धारणमा विभेद भएको आरोप लगाउँदै पुनरावलोकन तथा उचित मूल्यांकनको माग गर्दै आएका छन्। उनीहरूले वर्षौँदेखि घर–जग्गा रोक्का हुँदा आर्थिक तथा सामाजिक रूपमा समेत समस्या भोग्नुपरेको बताएका छन्।स्थानीयको प्रश्न छ—“के सरकारलाई यहाँका नागरिकको समस्यासँग सरोकार छैन? वा उनीहरू राज्यका नागरिक नै होइनन्?” उनीहरूले काठमाडौंमा बसेर मधेसका समस्या हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्।स्थानीयवासीले आफ्ना माग तत्काल सम्बोधन गरी रोक्का रहेका घर–जग्गाको समस्या समाधान गर्न, न्यायोचित मुआब्जा निर्धारण गर्न तथा वितरण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। आन्दोलनरत पक्षले माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएको छ।

About The Author

Mithila Times

Leave a Comment