Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎दशैं–तिहारदेखि छठसम्म पर्सामा उच्च सुरक्षा सतर्कता, शंकास्पद गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 42 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज । नेपालीहरुको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण, मर्यादित र उल्लासमय वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।‎‎चाडपर्वको समयमा जिल्लामा मानिसहरुको आवतजावत बढ्ने, बजार तथा व्यापारिक क्षेत्रमा भीडभाड हुने, सार्वजनिक यातायातमा चाप बढ्ने तथा धार्मिक एवं सांस्कृतिक गतिविधि तीव्र हुने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको हो।‎‎जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चाडपर्वको समयमा हुने किनमेल, आर्थिक कारोबार तथा सार्वजनिक गतिविधिमा हुने वृद्धिलाई ध्यानमा राखी जिल्लाका विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरिएको छ।‎‎विशेष सुरक्षा योजनाअन्तर्गत संवेदनशील तथा भीडभाड हुने क्षेत्रमा नियमित गस्ती, निगरानी र चेकजाँचलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। बजार क्षेत्र, सार्वजनिक स्थल, यातायातका साधन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रम हुने स्थानमा समेत सुरक्षा निगरानी बढाइएको छ।‎‎प्रहरीले चाडपर्वको समयमा चोरी, लुटपाट, झै–झगडा तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मादक तथा मनोत्तेजक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, आतसबाजी गर्ने, होहल्ला तथा उच्छृंखल गतिविधि गर्ने कार्यबाट जनधनको क्षति हुन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न प्रहरीले चेतावनी दिएको छ।‎‎प्रहरीका अनुसार चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीको सुरक्षा परिचालनसँगै नागरिकको जिम्मेवारी र सहकार्य पनि महत्वपूर्ण हुन्छ। त्यसैले कुनै पनि शंकास्पद गतिविधि, आपराधिक क्रियाकलाप वा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोलमा खबर गर्न सर्वसाधारणलाई अपिल गरिएको छ।‎‎जिल्ला प्रहरी कार्यालय पर्साले ‘सुरक्षित चाडपर्व : प्रहरी–नागरिक सहकार्य’ भन्ने मूल उद्देश्यका साथ सबै नागरिकलाई संयमित, सचेत र जिम्मेवार भएर चाडपर्व मनाउन आग्रह गरेको छ।‎‎

About The Author

Mithila Times

Leave a Comment