Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

ड्राइपोर्टले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग्दै वीरगञ्जमा धर्ना, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 48 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग गर्दै जग्गाधनीहरू वीरगञ्जमा धर्नामा बसेका छन्। मुआब्जा नपाएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आन्दोलनलाई निरन्तरता दिएका हुन्।
आन्दोलनरत जग्गाधनीहरूले यसअघि आईसीपी गेटनजिकै खाना पकाएर धर्ना तथा विरोध प्रदर्शन गरेका थिए। हाल पनि उनीहरू आईसीपी गेटमै बसेर आफ्ना माग पूरा गराउन दबाब दिइरहेका छन्।
आन्दोलनरत पक्षका अनुसार अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायबाट ठोस पहल नभएसम्म धर्ना जारी रहनेछ। उनीहरूले माग पूरा नभएसम्म आईसीपी गेटबाट नहट्ने बताएका छन्।
यसैबीच, आज पनि आन्दोलनरत पक्षसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले अन्तर्क्रिया तथा छलफल गरेका छन्। छलफलमार्फत समस्या समाधानको प्रयास भइरहेको भए पनि मुआब्जाको विषय टुंगो नलागेसम्म धर्ना जारी रहने बताइएको छ।
जग्गा अधिग्रहणपछि लामो समयदेखि मुआब्जाको विषयमा विवाद तथा ढिलाइ हुँदै आएको भन्दै प्रभावित जग्गाधनीहरूले आफूहरूको समस्या तत्काल समाधान गरी कानुनअनुसार मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।

About The Author

Mithila Times

Leave a Comment