प्रधानमन्त्रीको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको छु : ललितपुरका मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आफूले नकारात्मक रूपमा नभई सकारात्मक रूपमा लिएको बताएका छन्।मेयर महर्जनले आफू मेयरको जिम्मेवारीमा रहेर काम गरिसकेको व्यक्ति भएकाले प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिको सुख–दुःख र चुनौतीलाई बुझेर नै त्यस्तो अभिव्यक्ति दिएको आफूलाई लागेको बताए।उनले ललितपुर महानगरपालिकामा करिब ४०–४२ वटा पार्क निर्माण गरिएको उल्लेख गर्दै सार्वजनिक संरचना निर्माणसँगै त्यसको संरक्षण र व्यवस्थापन पनि महत्वपूर्ण हुने बताए।“मैले उहाँको अभिव्यक्तिलाई नकारात्मकभन्दा पनि सकारात्मक रूपमै लिएको छु,” महर्जनले भने, “हामीले पनि ललितपुरमा ४०–४२ वटा पार्क बनाएका छौँ। तर, कुनै पनि कार्यक्रम गरिसकेपछि त्यसको व्यवस्थापन यति नराम्ररी बिगारिएको हुन्छ कि!”महर्जनले प्रधानमन्त्री पनि यसअघि मेयरको जिम्मेवारी सम्हालिसकेको व्यक्ति भएकाले स्थानीय सरकार सञ्चालनका क्रममा आउने व्यवहारिक समस्या र चुनौतीबारे जानकार रहेको बताए। प्रधानमन्त्रीको अभिव्यक्ति आफूजस्ता स्थानीय तहका जनप्रतिनिधिले भोगिरहेका यिनै अनुभवलाई प्रतिबिम्बित गर्ने उद्देश्यले आएको हुन सक्ने उनको भनाइ छ।उनले सार्वजनिक सम्पत्तिको निर्माणसँगै त्यसको संरक्षण, सरसफाइ र उचित व्यवस्थापनमा सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

