Uncategorized
पर्सामा १० लाख ६ हजार ७६० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

MITHILA TIMESmithila-times.com
पर्सा । सशस्त्र प्रहरीले पर्साका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली चोरी–पैठारी गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा तथा चोरी–पैठारी नियन्त्रणका क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो।बरामद गरिएका सामानको कुल मूल्य रु. १० लाख ६ हजार ७६० बराबर रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको/बुझाउने प्रक्रियामा रहेको जनाइएको छ।सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।

