Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

‎प्रहरी कार्यदक्षता मूल्याङ्कन ‘Police Baton २०८३’ अन्तर्गत वीरगञ्जमा अनुगमन तथा निरीक्षण सम्पन्न

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 65 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन ‘Police Baton २०८३’ अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज पर्साको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।‎‎२०८३ असोज ५ गते सम्पन्न अनुगमन तथा निरीक्षण कार्यक्रममा ‘Police Baton २०८३’ केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाह सहितको अनुगमन तथा मूल्याङ्कन टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जको निरीक्षण गरेको हो।‎‎टोलीले कार्यालयको भौतिक पूर्वाधारको अवस्था, उपलब्ध स्रोत–साधनको व्यवस्थापन, अपराध अनुसन्धान, प्रहरी कार्यसम्पादन, मानव स्रोत व्यवस्थापन लगायत विभिन्न शाखाबाट भइरहेका कामकारबाहीको निरीक्षण तथा मूल्याङ्कन गरेको जनाइएको छ।‎‎अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जको कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो। वातावरण संरक्षण तथा कार्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको छ।‎‎सो अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले कार्यालयबाट भइरहेको समग्र कामकारबाही, व्यवस्थापन तथा कार्यसम्पादनका विषयमा मूल्याङ्कन समितिसमक्ष प्रस्तुतीकरण गर्नुभएको थियो।‎‎कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिनुभएको थियो। उहाँले प्रहरी संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न, अनुशासन कायम राख्न, व्यावसायिक कार्यसम्पादनलाई प्राथमिकता दिन तथा नागरिकलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने विषयमा जोड दिनुभएको जनाइएको छ।‎‎‘Police Baton २०८३’ अन्तर्गतको अनुगमन तथा निरीक्षणले प्रहरी कार्यालयको समग्र कार्यसम्पादन, स्रोत–साधनको उपयोग, व्यवस्थापन, अपराध अनुसन्धान तथा सेवा प्रवाहको अवस्थाबारे मूल्याङ्कन गर्न सहयोग पुग्ने बताइएको छ।‎‎कार्यक्रममा प्रहरी संगठनको कार्यदक्षता अभिवृद्धि, जिम्मेवारीप्रति थप प्रतिबद्धता तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउनेमा जोड दिइएको थियो।

About The Author

Mithila Times

Leave a Comment