Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, ‘डिजिटल संसद्’ प्रणालीबारे छलफल

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 45 views

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बस्दैछ।बैठकमा ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने कार्यव्यवस्था परामर्श समिति सदस्य डा. राम लामाले जानकारी दिएका छन्। विशेषगरी सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका जनसरोकारका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसँग जोड्ने अवधारणामाथि छलफल हुने भएको छ।सांसदहरूले संसद्मा उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, त्यसको कार्यान्वयनको अवस्था कस्तो छ, कति प्रगति भयो र कहिले सम्बोधन गरियो भन्ने विवरण डिजिटल प्रणालीमार्फत ट्र्याक गर्न सकिने व्यवस्था विकास गर्ने विषयमा समितिमा छलफल हुँदै आएको छ।प्रस्तावित प्रणाली कार्यान्वयनमा आएमा सांसदहरूले संसद्मा उठाएका जनसरोकारका विषयको अवस्था अनुगमन गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट संसद्मा उठेका विषयलाई सम्बन्धित सरकारी निकायसम्म व्यवस्थित रूपमा पुर्‍याउन तथा त्यसको प्रगति र जवाफदेहितालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ।यसैबीच, आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।आजको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालय एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।त्यस्तै, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको छ।समितिको बैठकले आजको प्रतिनिधि सभा बैठकका सम्भावित कार्यसूची तथा संसद् सञ्चालनसँग सम्बन्धित अन्य विषयमा समेत आवश्यक परामर्श गर्नेछ।

About The Author

Mithila Times

Leave a Comment