Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

क्यासिनो प्रकरण: गाउँपालिका अध्यक्ष र प्रहरी अधिकृतसहित आठै जना जनही १५ हजार धरौटीमा छुटे

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 52 views

वीरगन्ज, भदौ २९। क्यासिनो प्रकरणमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी अधिकृतसहित आठै जना जनही १५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।क्यासिनोमा गएको आरोपमा पक्राउ परेका उनीहरूलाई सम्बन्धित निकायले अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउँदै अदालतमा उपस्थित गराएको थियो। अदालतले सुनुवाइपछि आठै जनालाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।यस प्रकरणमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी अधिकृतसहित आठ जना पक्राउ परेका थिए। सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको विषयले समेत घटनालाई थप चर्चामा ल्याएको थियो।धरौटीमा छुटे पनि घटनासम्बन्धी कानुनी प्रक्रिया भने जारी रहने बताइएको छ। प्रकरणमा संलग्न व्यक्तिहरूको भूमिकाबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment