Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सामा मधेश प्रदेशका DIG ओमप्रकाश अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण

By Mithila Times १ घण्टा अगाडि १ घण्टा अगाडि 21 views

वीरगन्ज, भदौ २९। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) ओमप्रकाश अधिकारीले सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।निरीक्षणका क्रममा DIG अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साबाट भइरहेको समग्र प्रहरी सेवा प्रवाह, शान्ति–सुरक्षाको अवस्था, प्रहरी परिचालन तथा कार्यालयको दैनिक कार्यसम्पादनलगायतका विषयमा जानकारी लिनुभएको बताइएको छ।उहाँले कार्यालयका विभिन्न शाखा तथा प्रहरी इकाइहरूको कार्यसम्पादनबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूसँग आवश्यक छलफलसमेत गर्नुभएको जनाइएको छ। निरीक्षणका क्रममा प्रहरी सेवा थप प्रभावकारी, जनमुखी र व्यवस्थित बनाउन आवश्यक सुझाव तथा पृष्ठपोषण प्रदान गरिएको बताइएको छ।DIG अधिकारीले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप संवेदनशील र उत्तरदायी हुँदै कानूनको प्रभावकारी कार्यान्वयन, नागरिकसँगको समन्वय तथा प्रहरी सेवामा पारदर्शिता कायम गर्न निर्देशन दिनुभएको जनाइएको छ।त्यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विषयमा समेत विशेष ध्यान दिन निर्देशन दिइएको बताइएको छ। निर्वाचनका क्रममा शान्तिपूर्ण वातावरण कायम गर्न सुरक्षा निकायबीच प्रभावकारी समन्वय, आवश्यक सुरक्षा योजना तथा प्रहरी परिचालनलाई व्यवस्थित बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको जनाइएको छ।निरीक्षण तथा अनुगमनका क्रममा DIG अधिकारीले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न, नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न तथा कुनै पनि परिस्थितिमा कानून र संगठनको मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिनुभएको बताइएको छ।मधेश प्रदेश प्रहरी नेतृत्वबाट भइरहेको यस्ता अनुगमन तथा निरीक्षणले प्रहरी सेवाको गुणस्तर सुधार, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment