Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Breaking News

वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह

By Mithila Times २ दिन अगाडि २ दिन अगाडि 29 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । वीरगञ्जको व्यस्त प्रतिमा चोकमा विद्युत् पोलमा अचानक भीषण आगलागी भएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ।विद्युत् पोलमा रहेका तारहरूमा अचानक आगो सल्किएपछि आगोको मुस्लो बढ्दै गएको स्थानीयले बताएका छन्। आगलागीका कारण प्रतिमा चोक आसपासका पसल तथा घरहरू समेत जोखिममा परेका छन्। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।घटनापछि स्थानीयवासीले सम्बन्धित निकाय, नेपाल विद्युत् प्राधिकरण तथा दमकललाई तत्काल खबर गरी आगो नियन्त्रणमा लिन आग्रह गरेका छन्। आगो समयमै नियन्त्रणमा नआए थप क्षति हुनसक्ने भन्दै स्थानीयले तत्काल दमकल र प्राविधिक टोली घटनास्थलमा पठाउन माग गरेका छन्।घटनास्थलमा प्रहरीसमेत पुगेको बताइएको छ। आगलागीबाट भएको क्षति तथा घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

About The Author

Mithila Times

Leave a Comment