Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 52 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । वीरगञ्जको व्यस्त प्रतिमा चोकमा विद्युत् पोलमा अचानक भीषण आगलागी भएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ।विद्युत् पोलमा रहेका तारहरूमा अचानक आगो सल्किएपछि आगोको मुस्लो बढ्दै गएको स्थानीयले बताएका छन्। आगलागीका कारण प्रतिमा चोक आसपासका पसल तथा घरहरू समेत जोखिममा परेका छन्। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।घटनापछि स्थानीयवासीले सम्बन्धित निकाय, नेपाल विद्युत् प्राधिकरण तथा दमकललाई तत्काल खबर गरी आगो नियन्त्रणमा लिन आग्रह गरेका छन्। आगो समयमै नियन्त्रणमा नआए थप क्षति हुनसक्ने भन्दै स्थानीयले तत्काल दमकल र प्राविधिक टोली घटनास्थलमा पठाउन माग गरेका छन्।घटनास्थलमा प्रहरीसमेत पुगेको बताइएको छ। आगलागीबाट भएको क्षति तथा घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

About The Author

Mithila Times

Leave a Comment