मोरङमा सशस्त्र प्रहरीको ठूलो सफलता : पशु चौपायासहित अवैध रूपमा चोरी निकासी गर्न लागिएको सामान बरामद

मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङमा सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी नियन्त्रण गर्ने क्रममा पशु चौपायासहित विभिन्न सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई तीव्र बनाउने क्रममा अवैध रूपमा ओसारपसार गर्न लागिएका पशु चौपाया तथा अन्य सामान नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार बरामद भएका पशु चौपाया तथा सामानहरू अवैध रूपमा भारततर्फ चोरी निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी र गस्ती गर्दै आएको जनाएको छ।बरामद गरिएका सामग्री तथा पशु चौपायाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ।

