Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्साको पटेर्वा सुगौलीबाट १८ किलो गाँजासहित दुई जना पक्राउ, तीन जना फरार

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 57 views

वीरगञ्ज, २५ भदौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट प्रहरीले १८ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति विशेष सूचनाका आधारमा कारबाही गर्दा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका–४ निवासी सुरज यादव र दुःखी महतो नुनिया रहेका छन्।प्रहरीका अनुसार घटनामा संलग्न थप तीन जना प्रहरी टोलीलाई देखेपछि फरार भएका छन्। फरार व्यक्तिहरूको पहिचान भइसकेको र अनुसन्धान प्रभावित नहोस् भनेर उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment