Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

अहमदिया संघ नेपालद्वारा धादिङको देवीघाट तथा नुवाकोट क्षेत्रमा राहत सामग्री वितरण

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 91 views

नुवाकोट । अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीको नेतृत्वमा धादिङको देवीघाट तथा नुवाकोट क्षेत्रका बाढीपहिरो प्रभावित तथा आवश्यकतामा रहेका परिवारलाई राहत तथा सहयोग सामग्री वितरण गरिएको छ।मानवीय सेवाको भावनासहित सञ्चालन गरिएको राहत अभियानअन्तर्गत प्रभावित परिवारलाई खाद्यान्न सामग्री, तयार खाना, कपडालगायत दैनिक जीवनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो।प्राकृतिक विपत्तिका कारण समस्यामा परेका स्थानीय परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा आवश्यकतामा रहेका परिवारलाई प्राथमिकतामा राखेर राहत सामग्री उपलब्ध गराइएको बताइएको छ।अहमदिया संघ नेपालको यस मानवीय पहलबाट विपद्को समयमा प्रभावित स्थानीयवासीलाई तत्काल आवश्यक सहयोग प्राप्त भएको र उनीहरूको कठिन परिस्थितिमा केही राहत पुगेको जनाइएको छ। संघले विपद् प्रभावित समुदायप्रति मानवीय सहयोग र सेवाको भावना निरन्तर कायम राख्ने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment