Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

वीरगंज–१४ पिपरामा मोटरसाइकल दुर्घटना, दुईजना गम्भीर घाइते

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 52 views

वीरगंज, पर्सा — पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४, पिपरामा आज राति करिब ८:३० बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर रूपमा घाइते भएका छन्।प्राप्त प्रारम्भिक जानकारीअनुसार पिपरा क्षेत्रमा भएको दुर्घटनामा मधेश प्रदेश ०३–०८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर रूपमा घाइते भएको बताइएको छ।दुर्घटनापछि स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको सहयोगमा घाइते दुवैजनालाई तत्काल उद्धार गरी वीरगंज हेल्थ केयरमा पुर्‍याइएको र हाल उनीहरू उपचाररत रहेको जानकारी प्राप्त भएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी भए पनि उनीहरूको नाम, उमेर तथा ठेगाना भने हालसम्म खुल्न सकेको छैन।दुर्घटना के कारणले भयो भन्ने विषयमा समेत विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ। घटनास्थलको अवस्था, मोटरसाइकलको गति तथा दुर्घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा जानकारी आउन बाँकी रहेको बताइएको छ।घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।

About The Author

Mithila Times

Leave a Comment