Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Breaking News

लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 31 views
MITHILA TIMESmithila-times.com

विराटनगर, मोरङ — लागूऔषध गाँजा बरामद भएपछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको मारुती भ्यानमा टाँसिएको अस्पतालको स्टिकर उक्काएर हटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरले दिएको जानकारीअनुसार को. १ ज ६६२० नम्बरको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको मारुती भ्यानबाट ५० किलो २९० ग्राम लागूऔषध गाँजा बरामद भएपछि उक्त सवारीसाधनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको थियो।प्रहरीका अनुसार अनुसन्धानका क्रममा उक्त प्रहरी कार्यालयको परिसरमा बाहिरबाट अनधिकृत रूपमा प्रवेश गरी भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर उक्काएर हटाइएको पाइएको थियो। प्रहरी अनुसन्धानबाट स्टिकर उक्काउने कार्यमा संलग्न रहेको खुलेपछि मोरङको विराटनगर महानगरपालिका–१४ बस्ने २८ वर्षीय रोहित यादवलाई पक्राउ गरिएको हो।यादवलाई २०८३ भदौ २२ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीमाथि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध बरामद भएको सवारीसाधनमा अनधिकृत रूपमा प्रवेश गरी प्रमाण वा पहिचानसँग सम्बन्धित सामग्री हटाउने कार्यलाई समेत अनुसन्धानको महत्वपूर्ण विषयका रूपमा लिएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता वा कुनै उद्देश्यबाट स्टिकर हटाइएको हो भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment