Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 49 views
MITHILA TIMESmithila-times.com

विराटनगर, मोरङ — लागूऔषध गाँजा बरामद भएपछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको मारुती भ्यानमा टाँसिएको अस्पतालको स्टिकर उक्काएर हटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, मोरङ विराटनगरले दिएको जानकारीअनुसार को. १ ज ६६२० नम्बरको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको मारुती भ्यानबाट ५० किलो २९० ग्राम लागूऔषध गाँजा बरामद भएपछि उक्त सवारीसाधनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरको परिसरमा राखिएको थियो।प्रहरीका अनुसार अनुसन्धानका क्रममा उक्त प्रहरी कार्यालयको परिसरमा बाहिरबाट अनधिकृत रूपमा प्रवेश गरी भ्यानमा टाँसिएको ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर उक्काएर हटाइएको पाइएको थियो। प्रहरी अनुसन्धानबाट स्टिकर उक्काउने कार्यमा संलग्न रहेको खुलेपछि मोरङको विराटनगर महानगरपालिका–१४ बस्ने २८ वर्षीय रोहित यादवलाई पक्राउ गरिएको हो।यादवलाई २०८३ भदौ २२ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीमाथि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध बरामद भएको सवारीसाधनमा अनधिकृत रूपमा प्रवेश गरी प्रमाण वा पहिचानसँग सम्बन्धित सामग्री हटाउने कार्यलाई समेत अनुसन्धानको महत्वपूर्ण विषयका रूपमा लिएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता वा कुनै उद्देश्यबाट स्टिकर हटाइएको हो भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment