Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

By Mithila Times १ दिन अगाडि १ दिन अगाडि 33 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई वर्तमान राजनीतिक अन्योलबाट निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ।आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता, अस्थिरता र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको बताउनुभयो। उहाँले पछिल्ला राजनीतिक परिवर्तन र विभिन्न आन्दोलनपछि पनि जनतामा अपेक्षित आशा र विश्वास कायम हुन नसकेको दाबी गर्नुभयो।अध्यक्ष लिङ्देनले मुलुकले अब थप द्वन्द्व, विभाजन र निषेधको राजनीति धान्न नसक्ने उल्लेख गर्दै सबै राजनीतिक शक्ति तथा राजाबीच राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार राजनीतिक समस्याको दीर्घकालीन समाधानका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक छ।उहाँले आगामी मंसिरमा हुने राप्रपाको महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको आगामी राजनीतिक मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। महाधिवेशनमार्फत विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।राप्रपा अध्यक्ष लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो। चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू अन्य दलको प्रभावमा पर्ने, पार्टीको नीति तथा निर्णयविपरीत जाने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।आफू अध्यक्षमा रहे पनि नरहे पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा आफू सधैँ दृढ रहने बताउनुभयो। उहाँले राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।काठमाडौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूलाई स्वस्थ, मर्यादित र लोकतान्त्रिक ढंगले प्रतिस्पर्धा गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले पार्टीभित्रको एकता र अनुशासनलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन पनि निर्देशन दिनुभयो।अध्यक्ष लिङ्देनले राप्रपाको आगामी राजनीतिक यात्रा स्पष्ट नीति, सुदृढ संगठन र राष्ट्रिय मुद्दामा दृढ अडानका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

About The Author

Mithila Times

Leave a Comment