Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Breaking News

सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद

By Mithila Times १ दिन अगाडि १ दिन अगाडि 37 views
MITHILA TIMESmithila-times.com

सप्तरी । सशस्त्र प्रहरी बल, नेपालले सप्तरीमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सीमा तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गरेको सुरक्षा निगरानीका क्रममा ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो।सशस्त्र प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो। बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ।बरामद गरिएको गाँजा कहाँबाट कहाँ लैजान खोजिएको थियो तथा घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा हुने लागुऔषध कारोबार, तस्करी तथा अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment