Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 63 views
MITHILA TIMESmithila-times.com

सप्तरी । सशस्त्र प्रहरी बल, नेपालले सप्तरीमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। सीमा तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गरेको सुरक्षा निगरानीका क्रममा ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो।सशस्त्र प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो। बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ।बरामद गरिएको गाँजा कहाँबाट कहाँ लैजान खोजिएको थियो तथा घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा हुने लागुऔषध कारोबार, तस्करी तथा अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment