Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Breaking News

भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 64 views
MITHILA TIMESmithila-times.com

चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान ईभी कारमा अचानक आगलागी हुँदा गाडीभित्र एक जना पुरुषजस्तो देखिने व्यक्तिको जलेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहान करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो।आगलागीको सूचना पाएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आएपछि प्रहरीले कारभित्र एक जना पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला पारेको जनाएको छ।आगलागीका कारण ईभी कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।घटना कसरी र कुन कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको पहिचान तथा आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment