Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Breaking News

भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी

By Mithila Times १ दिन अगाडि १ दिन अगाडि 37 views
MITHILA TIMESmithila-times.com

चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान ईभी कारमा अचानक आगलागी हुँदा गाडीभित्र एक जना पुरुषजस्तो देखिने व्यक्तिको जलेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहान करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो।आगलागीको सूचना पाएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा आएपछि प्रहरीले कारभित्र एक जना पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला पारेको जनाएको छ।आगलागीका कारण ईभी कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।घटना कसरी र कुन कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको पहिचान तथा आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment