Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

यस्तो छ प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 55 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । प्रतिनिधिसभाको आगामी १५ दिनको सम्भावित बैठक कार्यतालिका तय गरिएको छ। शुक्रबार भदौ २६ गते बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १ गतेदेखि १५ गतेसम्म संसद् बैठक सञ्चालन गर्ने सम्भावित कार्यतालिका तय गरेको हो।तय गरिएको कार्यतालिकाअनुसार असोजको पहिलो साता प्रतिनिधिसभाको बैठक चार दिन बस्नेछ। असोज १, ५, ६ र ७ गते बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसैगरी असोज १३, १४ र १५ गते पनि प्रतिनिधिसभा बैठक बस्ने सम्भावित कार्यतालिका रहेको छ।असोज १६ गतेपछि भने संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ। यसअघि चालु भदौ महिनामा पनि ३० र ३१ गते प्रतिनिधिसभा बैठक बस्ने तयारी गरिएको छ।असोज १ गते बस्ने बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।त्यसैगरी असोज ५ गतेको बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धित समितिमा पठाउने कार्यसूची राखिएको छ।असोज ६ गते मन्त्रालयगत प्रश्नोत्तर सञ्चालन गर्ने तयारी गरिएको छ। सोही बैठकमा नागरिक लगानी कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।प्रतिनिधिसभाको कार्यतालिका आवश्यकता र संसद्को कामकारबाहीअनुसार हेरफेर हुन सक्ने भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी दिनमा संसद् सञ्चालनका लागि प्रारम्भिक खाका तयार गरेको हो।

About The Author

Mithila Times

Leave a Comment