Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

पश्चिम नवलपरासीबाट ९ करोड १४ लाख ८४ हजार बराबरको अवैध चोरी निकासीका सामानसहित पिकअप गाडी बरामद

By Mithila Times २१ घण्टा अगाडि २१ घण्टा अगाडि 25 views
MITHILA TIMESmithila-times.com

पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल, नेपालले पश्चिम नवलपरासीबाट ठूलो परिमाणमा अवैध चोरी निकासीका सामानसहित पिकअप गाडी बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चितवन मातहतबाट खटिएको टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा ९ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।

अवैध रूपमा भन्सार छली गरी ओसारपसार गर्न लागिएको उक्त सामान पिकअप गाडीमा लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। गाडी चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको छ।

बरामद गरिएका सामान र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।

About The Author

Mithila Times

Leave a Comment