Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

पश्चिम नवलपरासीबाट ९ करोड १४ लाख ८४ हजार बराबरको अवैध चोरी निकासीका सामानसहित पिकअप गाडी बरामद

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 52 views
MITHILA TIMESmithila-times.com

पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बल, नेपालले पश्चिम नवलपरासीबाट ठूलो परिमाणमा अवैध चोरी निकासीका सामानसहित पिकअप गाडी बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय चितवन मातहतबाट खटिएको टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा ९ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।

अवैध रूपमा भन्सार छली गरी ओसारपसार गर्न लागिएको उक्त सामान पिकअप गाडीमा लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। गाडी चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको छ।

बरामद गरिएका सामान र गाडी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।

About The Author

Mithila Times

Leave a Comment