Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

सिरहाको मिर्चैयामा प्रचण्ड: मोहन माविको विज्ञान प्रदर्शनी अवलोकन र नवनिर्मित भवनको उद्घाटन

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 33 views
MITHILA TIMESmithila-times.com

सिरहा । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको मिर्चैया स्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी भएका छन्।‎‎विद्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले तयार पारेका विभिन्न विज्ञान तथा प्रविधिसम्बन्धी सामग्री, नमुना तथा परियोजनाको अवलोकन गरेका थिए। त्यस अवसरमा उनले विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरे।‎‎प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा तयार पारेका विभिन्न प्रयोगात्मक सामग्री प्रस्तुत गरेका थिए। विद्यार्थीको सिर्जनशीलता, नवप्रवर्तन क्षमता तथा प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ।‎‎विद्यालय भवन उद्घाटन तथा प्रदर्शनीमा अध्यक्ष प्रचण्डको सहभागिताले शिक्षा क्षेत्रमा प्रयोगात्मक सिकाइ, विज्ञान-प्रविधिको विकास र विद्यार्थीको प्रतिभा पहिचानको महत्वलाई थप उजागर गरेको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

About The Author

Mithila Times

Leave a Comment