Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सिरहाको मिर्चैयामा प्रचण्ड: मोहन माविको विज्ञान प्रदर्शनी अवलोकन र नवनिर्मित भवनको उद्घाटन

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 54 views
MITHILA TIMESmithila-times.com

सिरहा । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको मिर्चैया स्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी भएका छन्।‎‎विद्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले तयार पारेका विभिन्न विज्ञान तथा प्रविधिसम्बन्धी सामग्री, नमुना तथा परियोजनाको अवलोकन गरेका थिए। त्यस अवसरमा उनले विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरे।‎‎प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा तयार पारेका विभिन्न प्रयोगात्मक सामग्री प्रस्तुत गरेका थिए। विद्यार्थीको सिर्जनशीलता, नवप्रवर्तन क्षमता तथा प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयले जनाएको छ।‎‎विद्यालय भवन उद्घाटन तथा प्रदर्शनीमा अध्यक्ष प्रचण्डको सहभागिताले शिक्षा क्षेत्रमा प्रयोगात्मक सिकाइ, विज्ञान-प्रविधिको विकास र विद्यार्थीको प्रतिभा पहिचानको महत्वलाई थप उजागर गरेको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

About The Author

Mithila Times

Leave a Comment