Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

काठमाडौँको नरेफाँटमा घरबाट सुनचाँदीका गरगहना चोरी: चोरीमा संलग्न १ सहित चोरीको गहना खरिद गर्ने ३ जना पक्राउ, गरगहना बरामद

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 57 views
MITHILA TIMESmithila-times.com

काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।गत साउन १८ गते घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सावन कुशवाहा, पवित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विकलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सावन कुशवाहा चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अन्य तीन जना भने चोरी गरिएका सुन तथा चाँदीका गरगहना खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ।खोजतलास तथा अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न सुन तथा चाँदीका गरगहनासमेत बरामद गरेको जनाएको छ।पक्राउ परेकाहरूलाई बरामद गरगहनासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment