Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

मोरङबाट ८ लाख ६२ हजार रुपैयाँ बराबरको अवैध चोरी–निकासीको सामान बरामद, लत्ताकपडा, कस्मेटिक, किराना सामानदेखि तस्करीमा प्रयोग भएको मोटरसाइकलसम्म सशस्त्र प्रहरीको नियन्त्रणमा

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 48 views
MITHILA TIMESmithila-times.com

मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङ जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा चोरी–निकासी गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।मिति २०८३/०५/२२ गते सशस्त्र प्रहरी बल, नेपाल मोरङले सञ्चालन गरेको कारबाहीका क्रममा लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान लगायत मोटरसाइकलसहित करिब रु. ८ लाख ६२ हजार बराबरको अवैध सामान बरामद गरिएको हो।सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको उक्त सामान विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमा विभिन्न प्रकारका कपडा, दैनिक उपभोग्य किराना सामग्री, कस्मेटिक आइटम तथा अवैध सामान ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत रहेको जनाइएको छ।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा निगरानी तथा कारबाही गर्दै आएको जनाएको छ।बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएको छ।

About The Author

Mithila Times

Leave a Comment