Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

मोरङबाट ८ लाख ६२ हजार रुपैयाँ बराबरको अवैध चोरी–निकासीको सामान बरामद, लत्ताकपडा, कस्मेटिक, किराना सामानदेखि तस्करीमा प्रयोग भएको मोटरसाइकलसम्म सशस्त्र प्रहरीको नियन्त्रणमा

By Mithila Times ५ दिन अगाडि ५ दिन अगाडि 31 views
MITHILA TIMESmithila-times.com

मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङ जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा चोरी–निकासी गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।मिति २०८३/०५/२२ गते सशस्त्र प्रहरी बल, नेपाल मोरङले सञ्चालन गरेको कारबाहीका क्रममा लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान लगायत मोटरसाइकलसहित करिब रु. ८ लाख ६२ हजार बराबरको अवैध सामान बरामद गरिएको हो।सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको उक्त सामान विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमा विभिन्न प्रकारका कपडा, दैनिक उपभोग्य किराना सामग्री, कस्मेटिक आइटम तथा अवैध सामान ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत रहेको जनाइएको छ।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा निगरानी तथा कारबाही गर्दै आएको जनाएको छ।बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएको छ।

About The Author

Mithila Times

Leave a Comment