Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Breaking News

भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

By Mithila Times ५ दिन अगाडि ५ दिन अगाडि 39 views

वीरगञ्ज, २२ भदौ ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका मृतकहरूप्रति वीरगञ्ज कपडा बैंकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै कपडा बैंकले सोमबार साँझ आफ्नो कार्यालय वीरगञ्ज–८ मा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बाढीपछि बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, वरुण चौरसिया, हुकुम सिंह राजपुत, श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, समाजसेवी दीपक खड्गी, श्रीमती सुशिला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्ता तथा कर्मचारी मिथलेश श्रीवास्तवलगायतको सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै दुःख व्यक्त गरे। विपद्का कारण धेरै परिवार प्रभावित भएको, कतिपय परिवारले आफ्ना आफन्त गुमाएको तथा धेरै मानिस घाइते र बेपत्ता भएको अवस्थामा सम्पूर्ण नेपाली जनता दुःख र शोकमा रहेको उनले बताए।गुप्ताले विपद्को यस्तो विषम परिस्थितिमा पीडितहरूको दुःखमा सबैले साथ दिनुपर्नेमा जोड दिए। उनले भने, “यस्तो कठिन समयमा हामी सबै मिलेर, एकजुट भएर पीडितहरूको घाउमा मलम लगाउनुपर्छ। विपद्का बेला मानवीय सहयोग र सहकार्य नै सबैभन्दा ठूलो धर्म हो।”उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। साथै घाइतेहरूको प्रभावकारी उपचार तथा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरे।त्यसैगरी वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले प्राकृतिक विपद्का कारण देशमा उत्पन्न भएको दुःखद परिस्थितिमा सबै नेपाली एकजुट भएर पीडितहरूको सहयोगमा जुट्नुपर्ने बताए। विपद् कुनै एक व्यक्ति, परिवार वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको उल्लेख गर्दै उनले मानवीय भावनाका साथ सहयोगका लागि सबैलाई आह्वान गरे।अध्यक्ष सिंहले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरे। उनले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरे।वीरगञ्ज कपडा बैंकले सामाजिक तथा मानवीय सेवाको भावनाअनुसार विपद्का बेला पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा मानवीय सेवामा सक्रिय रहने जनाएको छ।दीप प्रज्वलन कार्यक्रममार्फत बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै सहभागीहरूले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए। साथै विपद्को घडीमा जात, धर्म, क्षेत्र र राजनीतिक विभेदभन्दा माथि उठेर मानवताको पक्षमा एकजुट हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

About The Author

Mithila Times

Leave a Comment