पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त

वीरगञ्ज । पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप गाडी अनियन्त्रित भई दुर्घटनामा परेको छ।ना.५ च २२७७ नम्बरको उक्त पिकअप तीव्र गतिमा रहेका बेला सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएपछि अर्को लेनमा पुगेर पल्टिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार तीव्र गतिमा रहेको पिकअप चालकले नियन्त्रण गुमाएपछि सडकको डिभाइडरमा ठक्कर दिएको थियो। डिभाइडरमा ठोक्किएपछि गाडी सडकको अर्को लेनमा पुगेको र त्यसपछि पल्टिएको हो।दुर्घटनापछि घटनास्थलमा स्थानीय तथा सर्वसाधारणको भीड लागेको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर दुर्घटनाबारे आवश्यक अनुसन्धान तथा व्यवस्थापनको काम अघि बढाएको छ।दुर्घटनाका कारण सडकमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो। दुर्घटनामा गाडीमा रहेको कुखुरा तथा सवारीसाधनमा क्षति पुगेको बताइएको छ।प्रहरीले दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति र चालकले सवारी नियन्त्रण गुमाउनु रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाबाट मानवीय क्षति भए/नभएको तथा क्षतिको यकिन विवरण भने प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।




