Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

सरकारले विज्ञापनसम्बन्धी कार्यविधि नसच्याएसम्म छापामाध्यमका बिल भुक्तानी नगर्न विज्ञापन बोर्डलाई पत्रकार महासंघको चेतावनी

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 57 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले लागू गरेको विज्ञापनसम्बन्धी कार्यविधि तत्काल सच्याउन माग गर्दै विज्ञापन बोर्डलाई देशभरका छापामाध्यमको विज्ञापनसम्बन्धी बिल भुक्तानी नगर्न चेतावनी दिएको छ।महासंघले सरकारी विज्ञापन वितरण तथा भुक्तानीसम्बन्धी वर्तमान व्यवस्था छापामाध्यम र निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने किसिमको रहेको भन्दै आपत्ति जनाएको हो। महासंघका अनुसार सरकारले छापा माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने गलत मनसायका साथ लोककल्याणकारी विज्ञापनबापतको रकममा ठूलो कटौती गर्ने गरी कार्यान्वयनमा ल्याएको कार्यविधि स्वीकार्य छैन।महासंघले विज्ञापन प्रकाशनसम्बन्धी ‘लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ प्रति आफ्नो असहमति यसअघि नै स्पष्ट गरिसकेको जनाएको छ। उक्त कार्यविधिका आधारमा विज्ञापन प्रकाशन गरेबापतको रकम भुक्तानीमा समस्या सिर्जना भएको भन्दै महासंघले विज्ञापन बोर्डलाई समस्या समाधान नभएसम्म कुनै पनि छापा माध्यमको बिल नबुझ्न आग्रह गरेको हो।महासंघले विज्ञापनसम्बन्धी विवाद समाधान नभएसम्म छापा माध्यमसँग सम्बन्धित बिल भुक्तानी रोक्न तथा आवश्यक व्यवस्था मिलाउन विज्ञापन बोर्डसमक्ष आग्रह गरेको छ। सञ्चारमाध्यमको आर्थिक स्थायित्व कमजोर पार्ने गरी नीति तथा कार्यविधि कार्यान्वयन गरिए त्यसले पत्रकारिता क्षेत्रमै गम्भीर असर पार्ने महासंघको भनाइ छ।महासंघले सरकारलाई विज्ञापनसम्बन्धी कार्यविधि तत्काल पुनरावलोकन गरी छापा माध्यमको हित सुनिश्चित हुने गरी संशोधन गर्न माग गरेको छ। सञ्चारमाध्यमलाई आर्थिक संकटमा धकेल्ने कुनै पनि निर्णयविरुद्ध महासंघले आफ्नो भूमिका प्रभावकारी बनाउनेसमेत स्पष्ट पारेको छ।महासंघले आफूले राखेका माग सम्बोधन नभए विज्ञापन बोर्डविरुद्ध आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समस्या समाधानका लागि तत्काल पहल गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।महासंघले सरकारी विज्ञापन नीति र त्यसको कार्यान्वयनबाट निजी तथा छापामाध्यमको आर्थिक आधारमा पर्ने असरलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गर्दै सञ्चार क्षेत्रको व्यावसायिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

About The Author

Mithila Times

Leave a Comment