Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सरकारले विज्ञापनसम्बन्धी कार्यविधि नसच्याएसम्म छापामाध्यमका बिल भुक्तानी नगर्न विज्ञापन बोर्डलाई पत्रकार महासंघको चेतावनी

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 75 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले लागू गरेको विज्ञापनसम्बन्धी कार्यविधि तत्काल सच्याउन माग गर्दै विज्ञापन बोर्डलाई देशभरका छापामाध्यमको विज्ञापनसम्बन्धी बिल भुक्तानी नगर्न चेतावनी दिएको छ।महासंघले सरकारी विज्ञापन वितरण तथा भुक्तानीसम्बन्धी वर्तमान व्यवस्था छापामाध्यम र निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने किसिमको रहेको भन्दै आपत्ति जनाएको हो। महासंघका अनुसार सरकारले छापा माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने गलत मनसायका साथ लोककल्याणकारी विज्ञापनबापतको रकममा ठूलो कटौती गर्ने गरी कार्यान्वयनमा ल्याएको कार्यविधि स्वीकार्य छैन।महासंघले विज्ञापन प्रकाशनसम्बन्धी ‘लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ प्रति आफ्नो असहमति यसअघि नै स्पष्ट गरिसकेको जनाएको छ। उक्त कार्यविधिका आधारमा विज्ञापन प्रकाशन गरेबापतको रकम भुक्तानीमा समस्या सिर्जना भएको भन्दै महासंघले विज्ञापन बोर्डलाई समस्या समाधान नभएसम्म कुनै पनि छापा माध्यमको बिल नबुझ्न आग्रह गरेको हो।महासंघले विज्ञापनसम्बन्धी विवाद समाधान नभएसम्म छापा माध्यमसँग सम्बन्धित बिल भुक्तानी रोक्न तथा आवश्यक व्यवस्था मिलाउन विज्ञापन बोर्डसमक्ष आग्रह गरेको छ। सञ्चारमाध्यमको आर्थिक स्थायित्व कमजोर पार्ने गरी नीति तथा कार्यविधि कार्यान्वयन गरिए त्यसले पत्रकारिता क्षेत्रमै गम्भीर असर पार्ने महासंघको भनाइ छ।महासंघले सरकारलाई विज्ञापनसम्बन्धी कार्यविधि तत्काल पुनरावलोकन गरी छापा माध्यमको हित सुनिश्चित हुने गरी संशोधन गर्न माग गरेको छ। सञ्चारमाध्यमलाई आर्थिक संकटमा धकेल्ने कुनै पनि निर्णयविरुद्ध महासंघले आफ्नो भूमिका प्रभावकारी बनाउनेसमेत स्पष्ट पारेको छ।महासंघले आफूले राखेका माग सम्बोधन नभए विज्ञापन बोर्डविरुद्ध आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समस्या समाधानका लागि तत्काल पहल गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।महासंघले सरकारी विज्ञापन नीति र त्यसको कार्यान्वयनबाट निजी तथा छापामाध्यमको आर्थिक आधारमा पर्ने असरलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गर्दै सञ्चार क्षेत्रको व्यावसायिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

About The Author

Mithila Times

Leave a Comment