Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समीक्षा, नीतिगत सहजीकरणमा जोड

By Mithila Times ६ दिन अगाडि ६ दिन अगाडि 50 views
MITHILA TIMESmithila-times.com

‎काठमाडौं । रसुवामा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यको पछिल्लो अवस्थाको समीक्षा गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र नीतिगत सहजीकरणका विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठक आज दिउँसो सम्पन्न भएको छ।‎‎राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहित सम्बन्धित निकायका पदाधिकारी तथा अधिकारीहरूको सहभागिता रहेको थियो।‎‎बैठकमा रसुवामा बाढीपछि सञ्चालन भइरहेका खोज तथा उद्धार कार्यको प्रगति, प्रभावित नागरिकको अवस्था तथा राहत व्यवस्थापनका सम्बन्धमा पछिल्लो अवस्थाको समीक्षा गरिएको थियो। विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्ने विषयमा बैठकमा छलफल भएको हो।‎‎बाढी तथा त्यसबाट सिर्जित जोखिमका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय तथा आवश्यक स्रोत–साधनको परिचालनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।‎‎त्यसैगरी, विपद्पछिको व्यवस्थापनमा देखिन सक्ने प्रक्रियागत तथा नीतिगत जटिलता हटाउँदै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सहज रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत सहजीकरण गर्ने विषयलाई बैठकले प्राथमिकतामा राखेको छ।‎‎बैठकमा विपद्का कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न तत्कालीन राहतसँगै आगामी दिनमा जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत आवश्यक पहल गर्नेबारे छलफल भएको छ।‎‎राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, रसुवाको बाढीपछिको अवस्थालाई निरन्तर निगरानीमा राख्दै खोज, उद्धार तथा राहतसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सरकारी निकायहरूबीच समन्वय भइरहेको छ।‎‎विपद्को समयमा प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक निर्णय र सहजीकरणका लागि कार्यकारी समितिले निरन्तर भूमिका निर्वाह गर्दै आएको छ। आज सम्पन्न बैठकले पनि रसुवाको पछिल्लो अवस्थालाई केन्द्रमा राखेर उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा आवश्यक छलफल गरेको हो।‎

‎स्रोत: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

About The Author

Mithila Times

Leave a Comment