Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

बाढीले नेपाली सेनाका सुरक्षा वेशमा क्षति, हातहतियार र सैनिक उपकरण बगाएको प्रशासनको पुष्टि

By Mithila Times ७ दिन अगाडि ७ दिन अगाडि 45 views
MITHILA TIMESmithila-times.com

काठमाडौं — भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट र रसुवा जिल्लामा तैनाथ नेपाली सेनाका विभिन्न सुरक्षा वेश तथा ब्यारेक क्षेत्रमा समेत क्षति पुगेको छ। बाढीका कारण सेनाका सुरक्षा वेश प्रभावित हुनुका साथै केही हातहतियार, गोलिगठ्ठा, सैनिक सामग्री तथा महत्वपूर्ण उपकरणसमेत बगाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार नुवाकोटस्थित शेर गण, श्रीडाँडा ब्यारेकअन्तर्गत देवीघाट, टिमुरे, स्याफ्रुबेशी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा वेशहरू बाढीबाट प्रभावित भएका छन्। बाढीको तीव्र बहावका कारण ती क्षेत्रमा रहेका सुरक्षा संरचना तथा सैनिक सामग्रीमा क्षति पुगेको हो।प्रशासन कार्यालयले शेर गण, श्रीडाँडा ब्यारेकलाई उद्धृत गर्दै बाढीले केही हातहतियार, गोलिगठ्ठा, सैनिक सामग्री तथा विभिन्न उपकरण बगाएको जानकारी सार्वजनिक गरेको छ। बाढीको बहाव अत्यधिक रहेकाले प्रभावित क्षेत्रबाट बगाएका सामग्री कहाँ पुगे भन्ने विषयमा खोजी तथा विवरण संकलनको काम भइरहेको जनाइएको छ।बाढीपछि हराइरहेका सैनिक सामग्री सर्वसाधारणले फेला पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनले नेपाली सेनाका हातहतियार, गोलिगठ्ठा वा अन्य सैनिक सामग्री तथा उपकरण फेला परेमा आफूखुसी चलाउने, सार्ने वा घरमा राख्ने नगरी तत्काल नजिकैको नेपाली सेनाको ब्यारेक वा नेपाल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।प्रशासनका अनुसार बाढीले पुर्‍याएको क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थापनको कामसमेत भइरहेको छ। बाढीका कारण नदी तथा आसपासका क्षेत्रमा जोखिम अझै कायम रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन र शंकास्पद सैनिक सामग्री भेटिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नुवाकोट तथा रसुवाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रशासनले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment